१९ कार्तिक २०८३, बिहिबार

सुनसरीको विकासका लागि पहल जारी राखेकी छु : चौधरी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १९ वैशाख । कृषि तथा पशुपक्षी बिकास राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरीको समग्र बिकासको लागि आफू लागि परेको बताएकी छन् ।

देवानगन्ज गाउँपालीकाको वडा नं. ३ कप्तानगन्ज बजार स्थिति कृषि थोक बजारको भवन शिल्यानाश गर्दै राज्यमन्त्री चौधरीले हाँको माटो  कृषिको हरेक बालीको  लागि सुहाउँदो र योग्य भएको बताइन् ।

सुनसरीमा माछा, धान, अदुवा बेसारको ‘जोन’ संचालनमा रहेको र सदरमुकाम दक्षिण तरकारीको बिशेष कार्यक्रम सञ्चालनमा ल्याउने मन्त्री चौधरीले बताइन् ।

धराने कालो सुगुंर देश भरी नै प्रख्यात भएकोले यसलाई अझै व्यवसायीक रुपमा अगाडि बढाउन सदरमुकाम उत्तर  सुंगुर जोन र सदरमुकाम आसपास दुध मासुको लागि राङ्गा, भैंसी र बाख्राको विशेष कार्यक्रम ल्याउने तयारी गरीरहेको मन्त्री चौधरीले बताइन् ।

बिकास निर्माणमा गलत राजनीति गर्न नहुने बताउँदै उनले सबै तहमा जनताले भोट दिएर नेतृत्व छानीएकोले जनताको आशा र बिश्वासलाई जीवीत राख्न सबै जनप्रतिनिधिहरु इमानदार बन्नुपर्ने उनको भनाई थियो ।

आफू यो ठाउँको बिकासको लागि संघीय मन्त्रालय र प्रदेश सरकार सङ्ग आवश्यक सहकार्यमा खटिएको उनले बताइन् ।

कृषि तथा पशुपक्षी बिकास मन्त्रालयको सहयोगमा कृषि बाजार निर्माण हुनलागेको निर्माण समीतिका संयोजक महादेव मेहताले जानकारी दिए । कार्यक्रममा पूर्वसभासद सन्तोष थारु, मुङगालाल मेहता, गाउँपालीका अध्यक्ष लाली मेहता, नेकपाका सुनसरी अध्यक्ष पप्पु मंडल र समाजसेवी रामप्रसाद मेहताले पनि बोलेका थिए ।