५ कार्तिक २०८३, बिहिबार

रोज राणाको घोषणा– १२ बर्षपछि खलनायक–२

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्म अभिनेता, निर्माता तथा निर्देशक रोज राणाले १२ बर्ष अघि निर्माण गरेको ‘खलनायक’को सिक्वेल बनाउने घोषणा गरेका छन् ।

‘फिल्मको नाम खलनायक–२ राख्ने योजना छ, कलकार नयाँ राखेर सामाजिक विषयमै केन्द्रित हुनेछौं’, राणाले भने,‘दर्शकले मन पराउने कथालाई नै फिल्ममा उतार्ने प्रयास हुनेछ ।’

खलनायकले राम्रो व्यापार गरेको थियो भने चर्चा समेत कमाएको थियो ।

फिल्मको निर्देशकमा गोविन्द सिंह भण्डारी रहनेछन् । मौनता श्रेष्ठको कथा, एनबी महर्जनको एक्शन रहने राणाले बताए । यसअघि राणाले पर्शुराम फिल्म निर्माण तथा निर्देशन गरेका थिए ।