१९ कार्तिक २०८३, बिहिबार

किशाेरी बलात्कारको अभियोगमा २ जना पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ बैशाख । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका ५ बालापुर बस्ने १८ वर्षीय राम चरण चौधरी र १९ वर्षीय अरुण चौधरी छन् । उनीहरुले साेही ठाउँ बस्ने एक किशाेरीलाई जबरजस्ती करणी गरेको उजुरी परेको छ ।

प्रहरीले उनीहरुलाई थप अनुसन्धान लागि जिल्ला अदालत बर्दियाबाट ५ दिनको समय लिएको छ ।

यसैबीच, रुपन्देहीको देवदह नगरपालिका ५  नयाँबस्ती बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही स्थान बस्ने २७ वर्षीय सुनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

परियारलाई पनि प्रहरीले रुपन्देही अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।