१९ कार्तिक २०८३, बिहिबार

जनप्रतिनिधिद्वा अस्पतालको कार्यक्रम बहिष्कार

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भक्तपुर, १९ बैशाख । मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाको दुईतिहाई बहुमतको अनादर गरेको भन्दै नेपाल कोरिया मैत्री अस्पतालको १० औँ वार्षिकोत्सव समारोह बहिष्कार गरिएको छ ।

मध्यपुर थिमि नगरपालिकाद्धारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्थापना दिवसमा वडाअध्यक्षदेखि कार्यपालिका सदस्य समेतले कार्यक्रम बहिष्कार गरेका हुन् ।

सुरुमै कार्यपालिका सदस्यहरुलाई आसन ग्रहण समेत नगराएको र कार्यक्रममा मेयर श्रेष्ठले एकलौटी र मनोमानी गरेको भन्दै कार्यपालिका सदस्य समेतले कार्यक्रमको सुरुवात मै बहिष्कार गरेर बाहिर चियापसलमा गएर बसेका थिए ।

कार्यक्रममा उपप्रमुख अञ्जनादेवी मधिकर्मीले मेयर श्रेष्ठले एकलौटी रुपमा नगरपालिका र अस्पताल चलाएको बताउँदै मेयरले यस्तै रबैया देखाए चुप लागेर नबस्ने चेतावनी दिइन् ।

अस्पतालको कार्यक्रममा सहभागी प्रमुख अतिथि तथा अतिथि र अन्य सहभागीहरु कै अगाडि मेयरलाई चुनौती दिदै उपमेयरले दुईतिहाई बहमुत भएको पक्षलाई अटेर गरेर मेयरले अगाडि बढे सह्य नहुने बताएकी थिइन् ।

अघिल्लो दिन अस्पतालमा गरेको फलफूल वितरणमा समेत अरुलाई वेवास्ता गरि मेयरले एकलौटी रुपमा कार्यक्रम चलाएको, कार्यपालिकाको बैठक समेत नराखी एकलौटी गरेको भन्दै मेयरको कदम निरंकुशतातिर अगाडि बढेको भनाई राखिन् ।