१९ कार्तिक २०८३, बिहिबार

रुपन्देहीमा आगलागी हुँदा छ घर जलेर नष्ट

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

बुटवल, १९ वैशाख । हावाहुरीका कारण रुपन्देहीका चार स्थानमा आगलागीका घटना हुँदा ६ घर जलेर नष्ट भएका छन् ।

रुपन्देहीको गैडहवा गाउँपालिका ४ सूर्यपुरा ठाकुरापुरमा आगलागी हुँदा ६ घर जलेको प्रहरीले जनाएको छ ।

हनुमान कलवारको गहुँ काटेर थुपारिएको छ्वालीबाट फैलिएको आगोले स्थानीयका ६ घर जलेका हुन् । खरले छाएका घर जल्दा अन्नपात र भाँडाकुँडा नष्ट भएका छन् । आगोमा जलेर तीनवटा बाख्रासमेत मरेका छन् ।

दमकलको सहयोगमा प्रहरी र स्थानीयबासीले राति साढे २ बजेतिर आगो नियन्त्रणमा लिएका थिए । आगोले पुर्‍याएको क्षतिको पूर्णविवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

भैरहवाको वसन्तपुर र तिलोत्तमाको मंगलापुरमा पनि गहुँ काटेका खेतहरुमा राति आगलागी भएका छन् । आगो वस्तीमा फैलिन नदिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

ओमसतिया गाउँपालिका– २ मा पनि स्थानीयको परालको टौवा र बाँसघारीमा आगलागी भएको प्रहरीले जनाएको छ । ती सबै आगलागीका घटना गएराति नै नियन्त्रणमा लिइएको बुटवल प्रहरीले जनाएको छ ।