१९ कार्तिक २०८३, बिहिबार

विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा महासंघको र्‍याली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ बैशाख । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस मे ३, २०१९ को पूर्वसन्ध्यामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍याली निकालेको छ ।

बबरमहलदेखि शुरु भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍याली नयाँ वानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । महासंघका विभिन्न शाखाहरु, एशोसियट संस्थाहरुमा आवद्ध सयौं पत्रकार, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारसँग सम्बन्धित विभिन्न संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अझैपनि पत्रकारहरुले श्रम अनुसारको ज्याला पाउन नसकेको बताए ।

उनले महासंघ स्थापनाकालदेखि नै लोकतन्त्र, नागरिकका अधिकार र राष्ट्रियताका लागि लड्दै आएको संस्था रहेको अवगत गराउँदै आगामी दिनमा समेत लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारका लागि खरो ढंगले उत्रने बताए ।

उनले सञ्चार क्षेत्रमा पुनर्संरचना नभएको भन्दै तिनै तहमा प्रेस स्वतन्त्रामैत्री सञ्चार कानुन बनाउन, स्वरोजगारमूलक साना लगानीका सञ्चारमाध्यमको विकास गर्न, दुर्गम क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमको विकास र प्रर्वद्धनका लागि महासंघ सबै सरोकारवालासँग हातेमालो गर्दै सबैको सुझाव र सल्लाहका आधारमा अघि बढ्न चाहेको बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, प्रेस सोसाइटीका संयोजक केशव अर्याल, क्रान्तिकारी संगठन नेपालका अध्यक्ष बाबुराम भुषाल, डब्लुडब्लुजेकी अध्यक्ष अम्बिका राजथला, सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थी, क्रन्तिकारी पत्रकार संघका अध्यक्ष इन्द्र राउत, लोकतान्त्रिक छापामाध्यमका अध्यक्ष दामोदरप्रसाद दवाडी, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, प्रगतिशिल पत्रकार संघका अध्यक्ष नारायण शर्मा, जनजाति पत्रकार संघका अध्यक्ष डण्ड गुरुङ तथा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला लगायतले र्‍यालीमा  ऐक्यबद्धता जनाउदै सभामा आफ्ना भनाइहरु रोखका थिए । उनीहरुले विभिन्न संघर्षहरुबाट प्राप्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि महासंघले खेलेको भूमिकाको प्रशंसा गरे ।

सभामा सर्वोच्च अदालतको आदेश विपरित अदालत परिसरबाट पक्राउ परी मंगलबार साँझ रिहा भएका पत्रकार जितेन्द्र महर्जनलाई महासंघले अभिनन्दन गरेको छ ।

अभिनन्दन पछि पत्रकार महर्जनले आफ्नो रिहाइका लागि पहल गर्ने नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाप्रति अभार प्रकट गर्दै आफूलाई यो घटनाले पत्रकारितामा लाग्न अझ बढि प्रेरित गरेको भन्दै आगामी दिन अझ बढि क्रियाशील हुने धारणा राखे ।