१९ कार्तिक २०८३, बिहिबार

वनमन्त्री बस्नेत कतार प्रस्थान

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत कतार प्रस्थान गरेका छन् ।

‘एसिया को–अपरेशन डाइलग’ मा सहभागी हुने सिलसिलामा मन्त्री बस्नेत तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।

टोलीमा परराष्ट्र मन्त्रालयका सह–सचिव यज्ञ हमाल र मन्त्री बस्नेतका निजी सचिव उपसचिव गणेशविक्रम शाही छन् ।

एसिया को–अपरेशन डाइलग एसियाली मुलुकहरूको विभिन्न विषयमा छलफल गर्ने फोरम हो ।

कार्यक्रमको बुधबार कतारका राजा अमिर शेख तमिम बीन हमाद अल थानीले दोहामा उदघाटन गर्ने कार्यक्रम छ ।

फोरमलाई मन्त्री बस्नेतले सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनका क्रममा मन्त्री बस्नेतले वातावरणीय परिवर्तनका कारण एसियाली मुलुकहरूले भोगिरहेका साझा समस्या र तिनको समाधानबारे नेपालको धारणा राख्नेछन् ।

क्रममा विभिन्न मुलुकका सहभागी प्रतिनिधिसँग सामूहिक ताथ एक्लाएक्लै भेटसमेत हुनेछ ।

मन्त्री बस्नेत आगामी १९ वैशाखमा स्वदेश फर्कने कार्यक्रम छ ।