
सुनसरी, १७ वैशाख । नागरिकता बनाई दिन्छु भनी आश्वासन देखाई १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ईनरुवा नगरपालिका-३ बस्ने लेखापढी व्यवसाय गर्ने ४१ वर्षीय चेत प्रसाद अधिकारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
चेत प्रसादले सोही ठाउँस्थित जिल्ला प्रशासन कार्यालय अगाडि ईटहरी-९ बस्ने ४६ वर्षीया महिलालाई नागरिकता बनाईदिन्छु भनी रकम लिँदै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया