१९ कार्तिक २०८३, बिहिबार

नेकपा संसदीय दलमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुँदै

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडाैँ,  १७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठक मंगलबार बस्दैछ ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पमकल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संसदीय दलको बैठकमा सोमबारदेखि सुरु भएको संसदको बजेट अधिवेशनबारे छलफल हुने संसदीय दलका उपनेता सुबास नेम्वाङले जानकारी दिए । नेकपाले संसदको हरेक अधिवेशनको सुरुमा र अन्त्यमा संसदीय दलको बैठक बोलाउने परम्परा अनुसार बैठक बस्न लागेको हो ।

बैठकमा आगामी बजेट अधिवेशनबारे केही अन्तरबस्तुमा पनि छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा हिउँदे अधिवेशनपश्चात आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका सांसदहरुले त्यहाँबाट प्राप्त गरेका सुझावहरु नेतृत्वलाई सुनाउने छन्।

हिउँदे अधिवेशनपश्चात् आगामी आर्थिक वर्षको बजेटमा सुझाव संकलनका लागि सांसदहरु निर्वाचन क्षेत्रमा परिचालित भएका थिए। सरकारले आउँदाे २० गते नीति तथा कार्यक्रम संसदमा पेश गर्ने तयारी गरेको छ।