१९ कार्तिक २०८३, बिहिबार

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु 

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन,  १७ बैशाख । भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले सोमबार राति ९ बजे  आक्रमण गरेको थियो ।

प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा मङ्गलबार बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।