कोलोम्बो, १६ वैशाख । श्रीलंकाको राजधानी कोलोम्बोमा आइतबार दिउँसो फेरि बिस्फोट भएको छ।
स्थानीय समयअनुसार बिहान पौने ९ बजे कोलोम्बो र आसपासका तीन वटा चर्च र तीन वटा होटलमा बिस्फोट भएको थियो। ती ६ वटा बिस्फोटमा परी मर्नेको संख्या १४० नाघेको छ। सैयौं मानिस घाइते भएका छन्।
बिहानको बिस्फोटको उद्धार र अनुसन्धान भइरहेका बेला दिउँसो दक्षिणी कोलोम्बोस्थित देहीवालाको एक होटलमा फेरि बिस्फोट भएको हो। उक्त बिस्फोटमा परी कम्तिमा २ जनाको ज्यान गएको बताइएको छ।
आइतबार बिहान इस्टर सन्डे मनाउन चर्चमा भेला भएका क्रिश्चियन धर्मालम्बीहरू र विदेशी बस्ने पाँच तारे होटललाई लक्षित गरी बिस्फोट गराइएको थियो।
बिस्फोट कसले किन गराएको हो भन्ने अहिलेसम्म खुलेको छैन।
श्रीलंकामा भइरहेको शृखंलावद्ध बिस्फोटको विश्व समुदायले निन्दा र भत्र्सर्ना गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिस्फोटका घटनाबाट निकै मर्माहत भएको उल्लेख गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै नेपालले आतंकवादका कुनै पनि रूपको निन्दा गर्ने बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोलोम्बोमा भएको कायरतापूर्ण बिस्फोटको यो क्षेत्रमा कुनै स्थान नभएको उल्लेख गर्दै दोषीलाई कानुनी कठघरा ल्याउनु पर्ने बताएका छन्।















प्रतिक्रिया