
कावासोती, १६ बैशाख । नवलपुरको कावासोती नगरपालिका ४ हसौरामा १० दिने उदघोषण तथा नेतृत्व विकास र ७ दिने कुशन गुडिया निर्माण तालिम शुरु भएको छ ।
वडा नं. ४ का लक्षित समूह अन्र्तगत रहेका महिला, आदीवासी जनजातीका ५० जनालाई १० दिने नेतृत्व विकास तथा उद्घोषण र दलित समुदायका २० जनालाई कुशन, गुडिया तालिम सोमबारदेखि शुरु भएको हो ।
तालिमको शुभारम्भ गर्दै कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले नेतृत्व विकासबाट महिलाहरुलाई सक्षम बनाई आफ्ना कुरा निर्धकताका साथ राख्न सक्ने बनाउन सके समाजमा महिला सहभागिता बढ्न सक्ने बताए ।
उपप्रमुख मर्दनियाले कावासोती ४ मा पर्यटनको समेत सम्भावना रहेको भन्दै अब महिला चुलोचौको मात्र नभई वडामा होमस्टे संचालनमा अगाडी बढ्न आग्रह गर्दै त्यसका लागि आफूले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
तालिम उद्घाटन कार्यक्रममा कावासोती नगरपालिका वडा नं. ४ का अध्यक्ष रमाकान्त चापागाइले कुशन गुडिया बनाउने तालिम प्रदान गरी स्वरोजगार बनाउने उदेश्यका साथ तालिम संचालन गर्ने लागीएको बताए ।
कार्यक्रममा पूर्ववडा अध्यक्ष महेस पाण्डे, विभिन्न सामुदायिक वन, आमा समूहका अध्यक्ष, खानेपानी संघ संस्थाका अध्यक्ष लगायतले शुभकामना व्यक्त गरेका थिए ।












प्रतिक्रिया