
कावासाेती, १६ वैशाख । नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद तिलक महतलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको छ ।
कावासाेती-३ मा रहेकाे पुष्पाञ्जी महिला समूहकाे अगुवाईमा स्थानीय जनताकाे तर्फबाट विकास निर्माणमा सांसद महतले पुर्याएकाे याेगदानकाे उच्च कदर गर्दै सम्मान गरिएकाे हाे ।
त्यस्तै, सांसद महतले पनि सामाजिक विकासमा जनस्तरबाट याेगदान पुर्याउने विभिन्न ब्यक्तित्वहरूलाई सम्मान गरे ।
नेकपाका केन्द्रिय सदस्यसमेत रहेका सांसद महतले कावासाेतीमा देशकै नमूना सदरमुकाम शिलान्यास भएकाे, मध्यबिन्दुलाई सरकारी अस्पतालमा रूपान्तरण गरिएकाे लगायतका बर्ष दिनमा १२ वटा मुख्य काम जनताकाे अपार मायाकै कारण गर्न सम्भव भएकाे उल्लेख गरे ।
सांसद महतले सहिद पत्नी कमला पन्त, समयमै गुणस्तरीय याेजना सम्पन्न गर्ने पुरानाे कावासाेती बाटाे निर्माण उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर श्रेष्ठ, समाजसेवी डाेरमान गिरी र नर बहादुर खड्कालाई दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।
त्यस्तैगरी, जीवनभर जनताकाे सेवामा समर्पित तुलाराम बिक, जेष्ठ नागरिक रूक्मागत भण्डारी, बिबा बिक र श्रृजनशिल महिला अर्गानिक कृषक समूहकी अध्यक्ष गंगा चुहानलाई पनि सम्मान गरिएकाे थियाे ।
अन्य सम्मानित हुनेहरूमा तुलसीराम अर्याल, याेग प्रशिक्षक माया महताे, जीतकुमार श्रेष्ठ र दुर्गा बिक रहेका छन् ।












प्रतिक्रिया