१९ कार्तिक २०८३, बिहिबार

शान्ति दूतहरूको अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल, १६ बैशाख । साझा सवालका लागि साझा मञ्च (कोकन)ले महर्षी अर्भन्द फाउण्डेसन र इथिनिक साइन्स फाउण्डेसन भारतसँगको सहकार्यमा विश्वव्यापी सद्भावका लागि शान्ति दूतहरूको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

सम्मेलन धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले उद्घाटन गरिन् । सम्मेलनको उद्घाटन गर्दै उपप्रमुख शर्माले आजको यो भौतिक तथा प्रतिस्पर्धाको युगमा शान्ति आवश्यक रहेको र त्यसका लागि समानता, एकता र समृद्धिका क्षेत्रमा कार्य गर्न जरुरी रहेको धारणा राखिन् ।

समानता, एकता र समृद्धिका विषयमा केन्द्रित रहने सम्मेलनको प्रथम दिन नेपाल, भारत, श्रीलंका, अमेरिका, बेलायत र जानपानका प्रतिनिधीहरुबीच समानता विषयमा केन्द्रित रहेको थियो ।

तीन चरणमा सम्पन्न छलफलहरु मार्फत शान्ति दूतहरुबीच सम वुझाइको विकास गरिएको थियो । विश्व शान्तिका लागि आन्तरिक शान्ति अपरिहार्य रहेको सन्दर्भमा आन्तरिक शान्ति पद्दतीको विकासका लागि आध्यात्मिकताको महत्वमाथि प्रकाश पारिएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै महर्षी अर्भन्द फाउण्डेसनका संस्थापक महर्षी गजराज अर्विन्दले मनावताको संरक्षणका लागि शान्ति अपरिहार्य रहेको र शान्तिका लागि व्यक्तिक शान्ति आवश्यक रहेको बताए ।

आगामी १८ गतेसम्म चल्ने सम्मलेनमा एकता र समृद्धिलगायतका विषयहरुमा छलफल तथा विमर्श संचालन गरिने सम्मेलनका संयोजक तथा साझा सवालका लागि साझा मञ्च (कोकन) का सल्लाहकार केशव घिमिरेले जानकारी दिए ।