१९ कार्तिक २०८३, बिहिबार

झापामा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा, १६ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालिझोडा सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ निवासी ३२ वर्षीय दीपेश पौडेललाई ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।