
काठमाडौं, १५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जनसंघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले सम्पन्न गर्न पार्टीका विभिन्न निकायसँगको छलफललाई निरन्तरता दिएको छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका कमाण्डर बुद्धीमान तामाङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार सम्पन्न पार्टीका विभागीय प्रमुख तथा सदस्य सचिवहरु, जनवर्गीय संगठनका अध्यक्ष तथा महासचिवहरुको संयुक्त बैठकमा आगामी जनसंघर्ष र संगठन सुदृढीकरण सम्बन्धी व्यापक छलफल भएको थियो ।
बैठकमा पार्टीका उपाध्यक्ष टंक ढकाल, महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङदेन, महामन्त्री भास्कर भद्रा, ३ नं. प्रदेश प्रमुख विक्रम बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।












प्रतिक्रिया