
काठमाडौं, १५ बैशाख । नेपालकै नमुना आध्यात्मिक केन्द स्थापनाका लागि बहृत् योजनाका साथ नारायण पोखरेल प्रतिष्ठानको आयोजनामा यही बैशाख २३ गतेदेखि बैशाख ३० गतेसम्म काठमाडौंको सीतापाईला चोकमा ऐतिहासिक गीताज्ञान महानुष्ठान हुने भएको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गीताज्ञान महानुष्ठान आयोजकले यस्तो जानकारी गराएको हो । गीताज्ञान महानुष्ठानबाट संकलित दातव्ययबाट निर्माणधिन बद्रि नारायण धामको निर्माण अगाडि बढाउने उद्देश्य रहेको प्रतिष्ठानका संरक्षक एवम् अध्यक्ष सुविख्यात युवावाचक वाचन प्रविण पण्डित दीनबन्धु पोखरेलले जानकारी दिए ।
गीताज्ञान महानुष्ठानको उद्देश्य तथा महत्वबारे प्रकाश पार्दै पण्डित पोखरेलले गीताको तार्किक व्यवहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी सम्स्त ज्ञान अनुरागीहरुमा आन्तरिक जागृति पैदा गर्न पनि महानुष्ठान फलदायी हुने विश्वास दिलाए ।
त्यस्तै, बद्रि नारायणधामसहितको नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रचार प्रवाह तथा संचालन गरी नेपाललाई आध्यात्मिक केन्द्रको रुपमा विकास गर्न टुवा पुर्याउनु अर्को उद्देश्य रहेको उनले स्पष्ट पारे ।












प्रतिक्रिया