५ कार्तिक २०८३, बिहिबार

दुई दिनमै ‘ट्रेन्डिङमा’ रवि ओडको ‘दुई कौडीको बुद्धि’ (भिडियोसहित)

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले गाएको पछिल्लो गीत दुई दिनमै ‘ट्रेन्डिङ’ क्बलमा उक्लेको छ । रवि र मेलिना राईले गाएको ‘दुई कौडीको बुद्धि’ बोलको गीत युट्युवमा ‘ट्रेन्डिङमा’ उक्लिएको हो ।

गीतमा ललित पौडेल र भीम बीसीको संगीत र इट्टाघरेको शब्द रहेको छ । गीतको भिडियोमा नायिका बर्षा राउत र रन्जित पौडेलको अभिनय  छ ।

उदयराज पौडेलले संगीत संयोजन गरेको यो गीत किशोर थापाले रेकर्ड, मिक्सिङ गरेका हुन् । निकेश खड्काको निर्देशन तथा सुबोल थाया र राजेन्द्र कटुवालको कोरियोग्राफिमा गीतको भिडियो बनाइएको हो ।

बुद्ध थापाको छायांकन र विकाश धमलाको सम्पादनमा इट्टाघरे प्रोडक्सनले तयार पारेको गीतको म्युजिक भिडियो मेलिना राईको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतले दर्शक, श्रोताको अत्याधिक माया पाएको भन्दै संगीतकार ललित पौडेले सबैलाई धन्यवाद दिएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्