१९ कार्तिक २०८३, बिहिबार

गुल्मीमा झाडापखालाबाट एक बालकको मृत्यु, धेरै सर्वसाधारण बिरामी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १५ वैशाख । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–४ दजाकोटमा दुषित पानीका कारण गएको आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको मृत्यु भएको छ ।

झाडापखालाबाट मृत्यु हुनेमा स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्यनरत १२ वर्षीय रेशम सिंजाली रहेका छन ।

झाडापखाला लागेर बिरामी भएका बालकको उपचार नगरी घरमै बसिरहेको अवस्थामा शनिबार बेलुका मृत्यु भएको आफन्तले बताएका छन ।

झाडापखालाबाट बालककी हजुरआमा र आमा पनि बिरामी भएका छन् । उनीहरूको गुल्मी अस्पतालमा उपचार भैरहेको छ ।

दजाकोटमा झाडापखालाको प्रकोपबाट आइतबार बिहानसम्म बिराम हुनेको संख्या १ सय ७० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जिसीले जानकारी दिए ।