
काठमाडौं, १४ वैशाख । जिगोलो भन्नसाथ नेपालीमा अर्थ लगाउन थालिन्छ– पुरुष वेश्या ! जिगोलोले महिलाको यौन चाहनामात्र पुरा गर्दैनन् । यसको व्यावसायीकता व्यवस्थित तरिकाले गरिएको छ ।
नेपालमा आधिकारीक रूपमा जिगोलोको कार्यालय नरहेका कारण सौखिन नेपाली महिलाले भारतबाट अनलाइनमार्फत जिगोलोलाई नेपाल बोलाउने गर्छन् ।
नेपाल आएर एक सातादेखि १५ दिनसम्म बसेर फर्किँदा त्यस्ता अनलाइनमार्फतका जिगोलोका लागि न्युनतम ५० हजारदेखि एक लाखसम्म खर्च हुन्छ । तर, उनीहरूको पारिश्रमिक भने एक दिनको ६ हजारदेखि २५ हजारसम्म हुने गरेको छ ।
नेपालका हाइप्रोफाइल महिलाको निमन्त्रणामा नेपालका फाइभस्टार भाडामा लिएरै जिगोलो बस्ने गर्छन् । उनीहरू अनलाइन निमन्त्रणामा नै नेपाल झिकाइन्छन् जसका कारण विदेशी पुरुष यौनकर्मी हुन् या होइनन् भन्ने विषयबारे प्रहरी बेखबर हुन्छ ।
नेपाली उच्च घरानीया महिलाले अनलाइनमार्फत भारत र अन्य मुलुकका जिगोलोलाई बोलाउने गर्दछन् । अन्य मुलुक भन्दा पनि भारतीय युवक सस्तोमा आउने भएपछि नेपालका कतिपय रमणीय ठाउँमा महिलाले खर्च गरेर घुमाउने गरेका छन् ।
भारतमा जिगोलो सेवा आधिकारिक रूपमा नै चलाइएको छ । कतिपय ठाउँमा भने बजारक्षेत्र नै तोकिएको छ । ‘नेपालमा भने अनलाइन माध्यमबाट धेरथोर जाने गरेका छन्’, एक भारतीय जिगोलो सर्भिस कम्पनीका एजेन्ट भन्छन्,‘उनीहरूको काम सेक्सुअल सन्तुष्टि दिनुमात्र होइन, केयर गर्नु, साथ दिनु पनि हो । हामीले कम्पनीसँग सम्पर्कमा रहेका एजेन्टलाई यसको तालिम नै दिने गरेका छौं ।’
अनलाइन सेवाका हकमा भारतमा चर्चामा छ जिगोलोसर्भिस डट इन । उसले विभिन्न क्याटेगोरी छुट्याएरै सेवा दिने गरेको छ । जसमा नेपाली ग्राहक पनि रहेको उसको दाबी छ ।
यसरी विदेशबाट आयात गरिएका जिगोलोको प्लेन टिकट र नेपाल बसाईको सबै खर्चको विवरण सम्बन्धित महिलालाई अनलाइनमार्फत नै पठाउने गरिएको छ । उक्त रकम अनलाइनमार्फत नै बुझाउने गरिएको छ ।
कर्लगर्ल पनि हुन्छन्
विभिन्न पुरुषका हकमा भने कर्लगर्ल पनि यसरी विदेशबाट आयात हुँदै आएका छन् । तर, कतिपय विदेशी युवती भने नेपालमा डेरा जमाएरै सेवा दिने गरेका विभिन्न पटकका घटनाले देखाउँछ ।
यसरी सेवा दिनेमा चिनियाँ, रसियन, अफ्रिकन, भियतनामीसम्म रहेको प्रहरीको अनुमान छ । ०६६ सालमा १४ जना चिनियाँ यौनकर्मीलाई पक्राउ गरेपछि नेपाली भूमीमा विदेशीले डेरा जमाएर बस्न थालेको खुलेको थियो ।
अहिले पनि काठमाडौं र आसपासका क्षेत्रमा यसरी फ्ल्याट लिएर युवतीले सेवा दिने गरेका छन् । तर, प्रहरीले उचित प्रमाण फेला पार्न नसकेका कारण कुनै एक्शन लिन नसकेको बताइन्छ ।















प्रतिक्रिया