३१ आश्विन २०८३, शनिबार

श्रीलंकामा प्रहरी र सशस्त्र समूहबीच गोली हानाहान

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोम्बो, १४ वैशाख । श्रीलंकामा प्रहरीले र सशस्त्र समूहबीच गोली हानाहान भएको छ । गएको आइतबार इस्टरको दिन राजधानी कोलम्बोसहित आसपासका क्षेत्रमा चर्च तथा सुविधा सम्पन्न होटलमा शृङ्खलाबद्ध बम आक्रमण भएको थियो ।

घटनामा कम्तिमा २५० जनाको मृत्यु भएको छ भने ५०० जना भन्दा बढि घाइते भएका छन् । घटनापछि श्रीलंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रहरीसहितका सुरक्षा निकायले आक्रमणकारीको खोजी गरिरहेका छन् । यहि क्रममा देशको पूर्वी क्षेत्रमा प्रहरीले र सशस्त्र समूहबिच शनिबार बिहान गोली हानाहान भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै प्रहरीले कारवाही अभियान चलाइरहेका बेला बात्तिकालोया नजिकै अम्पारा बजारमा बिस्फोट पनि भएको सेनाका प्रवक्ताले बताएका छन् । सोही आसपास क्षेत्रमा प्रहरीको छापाको क्रममा इस्लामिक स्टेट (आइएस) को पोशाक बरामद भएको छ ।

यसअघि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघले गएको आइतबार कम्तिमा २५० जनाको ज्यान जाने गरि भएको बम आक्रमणका बारेमा चेतावनीसहितको गुप्चर निकायको जानकारीबारे आफूलाई थाहा नभएको बताएका छन् ।

बिबिसीसँगको कुराकानीको क्रममा प्रधानमन्त्री विक्रमसिंघले आफूलाई आक्रमणको चेतावनीसहितको पूर्वजानकारीबारे कसैले नबताएको उल्लेख गरेका हुन् । सम्भावित आक्रमणबारे भारतीय गुप्तचर निकायले श्रीलंकाका अधिकारीलाई सचेत गराएको थियो । तर त्यो जानकारी प्रधानमन्त्रीसम्म नपुगेको यसअघि नै एक मन्त्रीले बताएका थिए ।

पूर्व चेतावनी पाएर पनि आक्रमण रोक्नका लागि आवश्यक कदम नचालेको भन्दै श्रीलंका सरकारको आलोचना भएको छ । आइतबार इस्टरको दिन राजधानी कोलम्बोसहितका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा शृङ्खलाबद्ध बम आक्रमण भएको हो ।

आक्रमणमा ३५९ जनाको ज्यान गएको बताइएको थियो । तर शुक्रबार श्रीलंका सरकारले गणनामा कमजोरी भएको भन्दै ज्यान गुमाएनेको संख्या घटाएको थियो ।

मृतकको पहिचानमा समस्या भएको र गणनामा गडबडी भएका कारण ज्यान गुमाउनेको संख्या कम्तिमा ३५९ भनिएकोमा त्यो नरहेर कम्तिमा २५० जनाको ज्यान गएको सरकारी भनाई थियो ।

यसैबिच श्रीलंकाका क्याथोलिक चर्चहरुले आइतबार चर्चमा हुने सामूहिक प्राथना तत्कालका लागि स्थगित गरेका छन् । अर्को सूचना जारी नभएसम्मका लागि आइतबार हुने सामूहिक प्राथना क्याथोलिक चर्चहरुले रद्द गरेका हुन् ।