१९ कार्तिक २०८३, बिहिबार

शनिबारदेखि काठमाडौंमा शान्ति दूतहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ बैशाख । साझा सवालका लागि साझा मञ्च (कोकन) ले महर्षी अरविन्द फाउण्डेसन र इथिनिक साइन्स फाउण्डेशन (भारतीय गैरसकारी संस्था) सँगको सहकार्यमा यही शनिबारदेखि काठमाडौंमा विश्वव्यापी सद्भावका लागि शान्ति दूतहरुको पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

शुक्रबार साझा सवालका लागि साझा मञ्च (कोकन) र महर्षी अरविन्द फाउण्डेसनले संयुक्त रुपमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो सम्मेलनबारे जानकारी दिएका हुन् । आयोजकले दिएको जानकारी अनुसार सम्मेलन विश्वव्यापी सद्भावका लागि शान्ति दूतहरुको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै साझा सवालका लागि साझा मञ्च (कोकन) का सल्लाहकार केशव कुमार घिमिरेले सम्मेलनको बारेमा प्रकाश पारेका थिए । घिमिरेले भने, ‘समाज परिवर्तनको लागि सबैभन्दा पहिले व्यक्तिमा सकारात्मक सोच आवश्यक छ । सकारात्मक सोच आध्यात्मिक साधनाबाट प्राप्त हुन्छ ।’

सम्मेलनमा आध्यात्मिक सोचका लागि प्रयोगात्मक अभ्यास हुने र सँगसँगै कृषि, स्वास्थ्य र शिक्षासँग सम्बन्धित विषयहरु प्रकृतिउन्मुख पद्धतीबाट सञ्चालन गर्न सकियो भने व्यक्ति र समाज दुवैलाई स्वस्थ राख्न सकिनेपनि घिमिरेले विश्वास दिलाए ।

कार्यक्रममा महर्षी अरविन्द फाउण्डेसनका निर्देशक डा. शतिष सेलुकरले सम्मेलनको बारेमा प्रकाश पार्दै सन् २०२१ मा श्रीलंकामा हुने सातौं सम्मेलनबाट विश्वव्यापी सद्भावका लागि शान्ति स्थापनाको कार्य सय वटा मुलुकमा एकैपटक सुरुवात गर्ने जानकारी दिए ।

सम्मेलनमा स्वदेश तथा विदेश गरि १ सय ५० जनाको उपस्थिति रहनेछ । जसमा सय जना नेपालबाट र ५० जना विदेशबाट उपस्थित हुनेछन् ।