५ कार्तिक २०८३, बिहिबार

ठेकेदार र व्यापारीका रबर स्टाम्पहरू

15.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विनोद ढकाल

साधारण प्रश्न उठाउनुहोस्– यो देश कसले चलाएको छ ?

उत्तर उस्तै हुन्छ– बहुमतको सरकारले । खासगरी कम्युनिस्ट सरकारले ।

गलत उत्तर ! आउनुहोस् साधारण छानबिन गरौं । उहिलेदेखि नै देश चलाउनेहरूको अभिलेख तयार पारौं । संविधान, कानुन र सुरक्षा निकायभित्रको प्रभावको पनि अभिलेख तयार पारौं ।

न्यायालय, संसद र सिंहदरबारमा प्रभाव राख्नेहरू को रहेछन् ? त्यसको पनि हिसाबकिताब गरि एउटा निचोड निकालौं ।

नेपालमा हुने कुनै पनि काण्ड अथवा ठूला आर्थिक घोटाला, राजनीतिक पहुँचमा कहिँ न कहिँ जोडिएर आइरहने नामहरू संकलन गरौं ।

चौधरी ग्रुप (तीन दाजुभाई), खेतान समूह, गोल्छा समूह, मुरारका समूह, व्यापारीक अग्रवाल समूह, उपेन्द्र महतो, नव धनाड्यहरू अजेयराज सुमार्गी अथवा अरु केही नाम पनि छन् ।

गज्जबको पाटोचाहिँ के भने कोही दोषी प्रमाणित भएका छैनन्, कोही कर छलीमा परेका छैनन् । निर्धक्क, प्रधानमन्त्री, राष्ट्रपति, सत्तारुढ नेता, प्रतिपक्षी नेतासँग उपरखुट्टी लगाएर जहाँत्यहाँ बसेकै छन्, विदेशसम्म पुगेका छन्, रातो पासपोर्टमा

उल्लिखित जति पनि नाम छन् यीनका कुनै न कुनै सदस्य प्रत्यक्ष र परोक्ष रूपमा सत्तारुढ अथवा प्रतिपक्षी पार्टीको सांसद छन् । सांसद नभए आफन्त सांसद छन् । बनाएका छन् । यीनीहरू विरुद्ध नै सर्वोच्च अदालतमा अनेक मुद्दा छन्, तामेलीमा हुन सक्छन् । यीनिहरूकै हर्कतका फाइल अख्तियारमा पनि पुगेका छन्, तामेलीमा होलान् । प्रहरी, सेना, सशस्त्र प्रहरी सबैतिर यीनका कुनै न कुनै सम्बन्ध गज्जबले स्थापित छन् । कर्मचारीतन्त्रमा त यी हावी नै छन् ।

यसभन्दा गज्जबको पाटोचाहिँ के भने कोही दोषी प्रमाणित भएका छैनन्, कोही कर छलीमा परेका छैनन् । निर्धक्क, प्रधानमन्त्री, राष्ट्रपति, सत्तारुढ नेता, प्रतिपक्षी नेतासँग उपरखुट्टी लगाएर जहाँत्यहाँ बसेकै छन्, विदेशसम्म पुगेका छन्, रातो पासपोर्टमा ।

एनसेल प्रकरण, कालो धन विदेशी बैंकमा राख्ने, कर छली, विद्युत चुहावट, सुरक्षा निकायमा ठेक्कापट्टा, घोटाला, निर्माणको ठेक्का अनि घोटाला यी सबै घटनामा यीनिहरूको कुनै न कुनै रूपमा संलग्नता भेटिन्छ । तर, कारबाही कसलाई भयो त ? बरु, पुरस्कार दियो जनताको अभिमतले सत्तामा पुगेको नेताले ।

हिजो राजतन्त्रको बेला यही समूहले दरबारका नजिक भएका अनेक व्यक्ति र संस्थालाई आफ्नो प्रतिनिधिमूलक बनायो । प्रयोग गरेको थियो । राजाको छोरो होस् वा ज्वाँई पक्रिन परोस् । अथवा तत्कालिन मन्त्रीहरू जो सुकै हुन् । यहि समूहले अहिले नवराजा (नेताहरू)का छोरा, ज्वाँई, चेलाचमेनाको माध्यमले नै प्रयोग गरेको छ । जानाजान, प्रयोग भइरहेका छन् नेताहरू ।

त्यसकारण, मेरो निक्र्यौल छ– पर्दापछाडी हरेक मुद्दासँग जोडिने यी व्यक्तिका रबर स्टाम्प हुन् नेताहरू । यीनिहरू चुनावमा जनताबाट अनुमोदित भएर त आउँछन् तर काम गर्ने बेला जनहितको होइन, व्यापारीको गर्छन् । जोगाउँछन् । आम साधारणका लागि कानुन र ऐन कस्न थालेका यी कर्पोरेट प्रतिनिधिले व्यापारी भनिएका ठेकेदारहरूलाई भने पुरस्कार दिन्छन् ।

यो विषयलाई पुष्टि गर्ने अनेक तथ्य आँखा अगाडी छन् । देखेको नदेखै गर्छौं हामी । देखेर हेक्का राख्दैनौं । हामी प्रश्न सोध्दैनौं । सोध्नेलाई यीनले सिधै शक्तिको दुरुयोग गरी कर्पोरेट नै बनेको प्रहरी र सेनालाई आदेश दिन्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाको कुनै डोम बस्तीमा जाने फुर्सद हुँदैन तर उनी नवलपरासीमा चौधरी ग्रुपले बनाएको कृत्रिम धामको दर्शन गर्न पुग्छन् । प्रचण्डलाई छर्रा बोकेको लडाकुको हितमा कसरी काम गरिदिने भन्ने चासो छैन, दुर्गा प्रसाईको मेडिकल कलेजलाई कसरी वैधानिकता दिने भन्ने चिन्ता छ

प्रधानमन्त्री, नेताहरू, मन्त्रीहरू, सांसद, मुख्यमन्त्री अथवा कर्मचारीतन्त्रको उपल्लो तहमा बसेका व्यक्ति, सुरक्षा निकायका प्रमुखहरू कोही पनि जनताप्रति उत्तरदायी छैन । अरुको कुरा छाडौं अन्य निकायलाई जनउत्तरदायी बनाउनका लागि लोकतान्त्रिक पद्दतीबाट प्रतिनिधि छानेर अनेक निकायमा पठाउने काम जनताले गर्छन् । त्यो प्रयोग नेपाली जनताले गरेका छन् । तर तिनले जनताको काम होइन, कर्पोरेट क्षेत्रका व्यक्तिको इच्छाका निर्णय गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाको कुनै डोम बस्तीमा जाने फुर्सद हुँदैन तर उनी नवलपरासीमा चौधरी ग्रुपले बनाएको कृत्रिम धामको दर्शन गर्न पुग्छन् । प्रचण्डलाई छर्रा बोकेको लडाकुको हितमा कसरी काम गरिदिने भन्ने चासो छैन, दुर्गा प्रसाईको मेडिकल कलेजलाई कसरी वैधानिकता दिने भन्ने चिन्ता छ ।

सांसदको बन्दसूची कसले कतिमा खरिदविक्रि गरेको थियो ? प्रस्ट छैन ? कस–कसले पाए ? कति विवाद आएको थियो, प्रस्ट छैन ? यीनिहरू देशका लागि होइन, आफ्ना लागि र व्यापारीका लागि काम गरिरहेका छन् । जनताका लागि कुनै पनि काम भएको छैन । जनताका छोरा काम नपाएर विदेशिरहेका छन् कति दुख पाएर फर्किन्छन्, कति थोरै कमाएर कतिचाहिँ बाकसमा । यो रोक्नेतिर वा त्यस्तालाई राज्यबाट सुविधा दिने यीनमा सोच आउँदैन । यीनको सुविधा यीनै कर्पोरेट व्यक्तिले मात्र पाउने हुन् ।

नेपालको कालो धन स्विट्जरल्यान्ड बैंकमा रहेको रहस्य खुलाएपछि त्यसको छानबिनका लागि सरकारले कुनै आयोग किन बनाएन ? नाम आएका सबै कर्पोरेट ठेकेदारका प्रतिनिधि हुन् यीनिहरू, कहाँबाट बनाउँछन् ?

देखाउनका लागि देखाउने काममा युवा र विद्यार्थीका केही हर्कत हुन्छन् । नेतालाई सच्याउन या प्रश्न गर्ने हिम्मत हुन्छ ? कसैले प्रश्न गरिहाल्यो भने पनि त्यसलाई सिध्याउने धम्की दिइन्छ । कसैले यथार्थ बोलिदियो भने, प्रतिरक्षा गर्दै उसैलाई धम्की दिइन्छ । आफूलाई कम्युनिस्ट भन्ने युवा नेता कार्यकर्ताले आफ्नै नेतालाई कहिले प्रश्न गरेका छौं ? कर्पोरेट किन बन्यौ भनेर ?

युवा नेता, कार्यकर्ताले यस्ता रबर स्टाम्पहरूको कार्यशैलीको कहिले विरोध गरेन । बिरोध गरेको भए आज राजनीतिबाट देश बदल्छु भन्नेले आत्महत्या गर्नुपर्ने र हिजो पनि सत्तालाई परिचालन गरेका ठेकेदार र व्यापारीले प्रमुख नेतालाई रबर स्टाम्प बनाउने नै थिएनन् । एकाध युवाले प्रवित्तिको विरोध गर्दा बरु उनीहरूका आवाज दबाईए ।

कहिलेकाहीँ कम्युनिस्ट आइकन मानिने चे ग्वोभाराले प्रजातन्त्रमाथि गरेको टिप्पणीलाई नेपाली परिप्रेक्षमा तुलना गर्दा ठ्याक्क मिल्छ । चेले भनेका थिए– लोकतन्त्रले चुनावी अवसर पाए पनि त्यसको उपयोग र व्यवस्थापन भने धनाड्य वर्ग र व्यापारी राजनीतिज्ञले मात्र गर्छन् । जनतासम्म त्यसको कुनै प्रभाव पर्दैन । हाम्रा हरेक नेता पक्ष, प्रतिपक्ष वा सत्तामा निरन्तर बस्नेहरूको अनुहार हेर्दा त्यहाँ चौधरी, सुमार्गी, खेतान, महतो, गोल्छा, मुरारकका वा अनेक अग्रवाल टाइपको बिम्ब देखिँदैन त ?

यीनले जनताबाट मत लिएर सत्तामा पुग्ने वैधानिकता प्राप्त गरे तर अवैधानिकताको थुप्रोमा उभिएका ठेकेदार र व्यापारीको सुरक्षा, जनताको पसिनाको करको सत्यानाश पार्ने कर्ममा जुटे, रत्तीभर लाभका भरमा । आम साधारणले देशमा केही गर्न सक्छु भन्ने आत्मविश्वास बनाउन नसक्ने यीनिहरू कर्पोरेट कल्चरका हिमायती हुन्, लोकतन्त्रका होइनन्

हिजो एउटा व्यवस्था र शासनविरुद्ध लडेकाहरूले त्यही ठाउँमा आफूलाई राखेर त्यही शैलीको अनुशरण गरेका छन् । त्यो गिरीजाप्रसाद, प्रचण्ड, माधव, झलनाथ, शेरबहादुर वा केपीको रूपमा किन नहोस्, यीनले लोकतान्त्रिक मुल्य मान्यता र पद्दतीको हत्या गरिदिए । शक्तिमा हुँदा विभिन्न निकायलाई राजसी ठाँटमा नै चलाए । केही मुठीभर स्तुती गान गाउने युवा कार्यकर्ता र पत्रकारलाई लाभ दिएर सानो घेरामा रमाउने कोशीश गरिरहेका छन् । यो राजनीति मान्न सकिँदैन ।

यीनले जनताबाट मत लिएर सत्तामा पुग्ने वैधानिकता प्राप्त गरे तर अवैधानिकताको थुप्रोमा उभिएका ठेकेदार र व्यापारीको सुरक्षा, जनताको पसिनाको करको सत्यानाश पार्ने कर्ममा जुटे, रत्तीभर लाभका भरमा । आम साधारणले देशमा केही गर्न सक्छु भन्ने आत्मविश्वास बनाउन नसक्ने यीनिहरू कर्पोरेट कल्चरका हिमायती हुन्, लोकतन्त्रका होइनन् ।

अहिलेको सत्ता आफूलाई कम्युनिस्टको प्रतिनिधि भन्छ । मदन भण्डारी मान्छ । तर कर्पोरेट क्षेत्रका प्रतिनिधि बनिदियो । भण्डारीको विचारलाई अनुशरण गरेन, लत्यायो । भण्डारीले भनेका थिए,‘संसारमा नयाँ सोचहरू आउँछन्, पुँजीवादविरुद्धको संघर्ष अनिवार्य हुनुपर्छ ।’ तर सत्ता पुँजी भित्राउने नाममा अवैध पुँजीवादीको वैध मुखौटा बनिरहेको छैन र !