१९ कार्तिक २०८३, बिहिबार

सिरहामा तीन हजार फिर्ता नगरेको भन्दै हत्या

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, १३ वैशाख । सिरहा जिल्लामा सापटी लिएको रकम फिर्ता नदिएको अभियोगमा चिया पसल गर्दै आएका एक जनाको हत्या भएको छ ।

सापटी लिएको रु चार हजार ५०० मध्ये रु तीन हजार फिर्ता नदिएको निहुँमा लहान नगरपालिका–९ गोठटोलका ६९ वर्षीय रतनबहादुर तामाङको हत्या गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नगरपालिका–३ निवासी ५५ वर्षीय ज्ञानबहादुर थापामगरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

धनगढीमाई नगरपालिका–१० स्थित राममन्दिर परिसरबाट पक्राउ परेका थापामगरलाई इलाका प्रहरी कार्यालय लहानमा राखी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

तामाङको शव गत शनिबार लहान नगरपालिका–१७ स्थित गोबिन्दपुरगढी स्थानको किनारमा फेला परेको थियो । धारिलो हतियार प्रहार गरी तामाङको हत्या भएको घटना प्रकृतिबाट देखिएपछि अनुसन्धान गर्दै जाँदा थापामगरको संलग्नता पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।