१९ कार्तिक २०८३, बिहिबार

प्राधिकरणको कार्यकालभित्रै पुनर्निर्माणका सबै काम सम्पन्न हुन्छ : पूर्वसीईओ भुषाल

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ युवराज भुषालले प्राधिकरणको कार्यकालभित्रै पुनर्निर्माणका सबै काम सम्पन्न हुने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले चौथो भूकम्प स्मृति दिवसका अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै भुषालले प्राधिकरणले लक्ष्यअनुसार काम गरिरहेको बताए ।

‘अध्यादेश आउँदा प्राधिकरण राम्रो संस्था थियो । ठूलो सिंहजस्तो, तर ऐन आउँदा प्राधिकरणलाई दारा र सिंङ नै नभएको बनाइयो’, उनले भने । सुरुवातमा प्राधिकरणको नाम दिइएपनि नामअनुसारको काम नदिइएको उनको गुनासो थियो ।

सीईओलाई अधिकार नभएको र कर्मचारी भर्ना गर्ने प्रक्रिया पनि गाह्रो भएकोले सुरुवातमै कामले गति लिन नसकेको आशय व्यक्त गरे । प्राधिकरणमा अहिलेसम्म आएका सबै सीईओहरुले आफ्नो सीप र क्षमता प्रयोग गरेर काम गरेको र सबैले राम्रै गरेको पनि उनले प्रतिक्रिया दिए ।

प्राधिकरणको समयावधि अब झण्डै डेढ वर्ष बाँकी रहेकोले उक्त अवधिभित्र पनर्निर्माणका सबै काम सम्पन्न हुनेमा आफू आशावादी भएको पनि उनले जनाए । प्राधिकरणले अब अनुदान व्यवस्थापन र वस्ती हस्तान्तरण दुई वटा महत्वपूर्ण काम गर्न बाँकी रहेकोले त्यसतर्फ द्रुत गतिमा काम अघि बढाउनपनि उनले सुझाए ।

प्राधिकरणले निजी आवास ८० प्रतिशत निर्माण गरिसकेको जनाएकोले करिब–करिब यो भनेको निजी आवास निर्माण भएकै मान्नुपर्ने उनको भनाई छ । उनले भने, ‘यी दुवै काम प्राधिकरणको समयावधिभित्रै सम्पन्न हुन्छ भन्नेमा म विश्वस्त छु ।’

फरक प्रसँगमा उनले आजै सामूहिक राजीनामा घोषणा गरेको पुनर्निर्माण प्राविधिकहरुसँग सरकारले वार्ता गर्नुपर्ने सुझाव दिए ।