५ कार्तिक २०८३, बिहिबार

कतारका लागि नेपाली राजदूत कोइराला फिर्ता बोलाइए

12.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १२ बैशाख । सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ ।

मन्त्रीपरिषदको निर्णय सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कतारका लागि नेपाली राजदुतलाई फिर्ता गर्ने निर्णय भएको जानकारी दिए ।

कोइरालालाई तत्कालीन शेर बहादुर देउवाको सरकारले काँग्रेसको कोटाबाट नियुक्त गरेको थियो।

राजदूत कोइराला विभिन्न काण्डमा मुछिएका थिए । उनी घुस प्रकरणमा पनि मुछिएका समाचार सार्वजनिक भएका थिए ।

नेपालमा कतारको भिसा सेन्टर स्थापनाका लागि राजदूतको हिसाबमा आफूले सकारात्मक भूमिका खेल्ने भन्दै चार लाख डलर अर्थात चार करोड भन्दा बढी नेपाली रूपैयाँ घुस वापत बुझेको समाचार सार्वजनिक भएका थिए ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले सरकारले राम्रै कामका लागि उनलाई फिर्ता बोलाएको भन्दै थप प्रश्न नगर्न आग्रह  गरे ।