५ कार्तिक २०८३, बिहिबार

पूर्वराजा ज्ञानेन्द्रले रोजेको त्यो ८/११

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । चिनियाँहरूको एउटा मान्यता छ– कुनै पनि निर्णय ८ र १२ अंकमा नगर्नू ! कतिपय निर्णय यस्ता अंकलाई आधार मानेर गर्दा अशुभ हुने अन्धविश्वासबाट चिनियाँ सत्ता पनि गुज्रिरहेकै छ ।

नेपालमा भने यी मान्यता कुल्चँदै पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सक्रिय कार्यकालमा १२ पुराएनन् तर ८ चाहिँ रोजेका थिए ।

०६३ सालमा राजतन्त्रविरुद्ध चर्को आन्दोलन चलिरहेको थियो । ८ वैशाखमा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई फिर्ता गरेको’ घोषणा गरे । जसलाई आन्दोलनले स्वीकार गरेन । त्यसपछि उनले ११ वैशाख (आज)कै दिन विघटित प्रतिनिधि सभा ब्युँताएको घोषणा गरेका थिए । जसलाई लोकतन्त्र दिवसका रूपमा मनाउन थालियो ।

पहिलो लोकतन्त्र दिवस

बिहानै टुँडिखेलमा नेपाली सेनाको सांगितीक परेडपछि लोकतन्त्र दिवस नाम दिइएको औपचारिक समारोह शुरु भएको थियो ।

खेलकुद र साँस्कृतिक झाँकिहरूले झकिझकाउ उक्त कार्यक्रममा बोल्दै तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले उनकै शब्दमा लोकतन्त्रको सम्बद्र्धन गर्न आग्रह गरे।

उनले भनेका थिए,‘आजको यो ऐतिहासिक दिनले हामी सबैलाई देशमा शान्ति कायम गरी संकट र द्वन्द्वको अन्त्य गरेर नयाँ र समुन्नत नेपालको निर्माण गर्ने अभिभारा सुम्पेको छ ।’

नागरिक समाजका सदस्यहरूले पनि ’जनआन्दोलन जारी छ’ भन्दै जुलुस तथा आमसभाको आयोजना गरेका थिए ।

काठमाडौको कलंकीचोकबाट नागरिक समाजका सदस्यहरूले जनआन्दोलन दुईको स्मरण, समिक्षा र खबरदारीका लागि भन्दै जुलुस निकालेका थिए ।

प्रदर्शन शहरको बीच भागमा रहेको बसन्तपुरमा एउटा सभामा बदलिएपछि त्यहाँ नेता, कलाकार तथा सर्वसाधारणको भिड लागेको थियो ।

उक्त सभामा तत्कालिन माओवादी नेता प्रचण्डले देशमा भएको राजनीतिक परिवर्तनको श्रेय आफूले पनि लिन खोज्दै भनेका थिए,‘मौलिक बिचार, मौलिक मान्यता, सशस्त्र विद्रोह र शान्तिपूर्ण जनविद्रोहको फ्यूजन, त्यै हो महान नेपाल ।’

त्यही कार्यक्रममा बोल्दै तत्कालिन शान्ति तथा पुननिर्माणमन्त्री रामचन्द्र पौडेलले संविधानसभाको चुनाव गराएरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै राजतन्त्र फ्याक्ने घोषणा गरेका थिए । उनले भनेका थिए,‘हामी संविधानसभा गरेरै छाड्छौं। हामी यो मुलुकमा संविधानसभाको पहिलो बैठकद्वारा राजतन्त्रको अन्त्य गरेरै छाड्छौं ।’

पूर्वराजाको लोकप्रियता

त्यसबेला अलोकप्रिय बनेका र सर्वत्र आलोचनाको पात्र बनेका पूर्वराजा लोकतन्त्रको १३ बर्ष बित्दै गर्दा भने लोकप्रियताको शिखरमा देखिन थालेका छन् ।

आलोचना र गाली सहेरै भए पनि मुलुकमा बस्ने निर्णय गरेका उनले भनेका थिए,‘देश छाडेर जान्न, जनतामाझ हुन्छु ।’ त्यसबेला धेरैले उक्त भनाईको आलोचना गरेका थिए ।

तर राजनीतिक खिचातानी र उतारचढाव देखिरहेका उनी जनतामाझबाट बाहिर गएनन् । त्यसैकारण आजभोली उनको लोकप्रियतासँग कतिपय गणतन्त्रवादी नेता डराएका छन् । प्रचण्डले त उनी नाचेकोप्रति कटाक्ष गरेका थिए ।

उता, सञ्चारमन्त्री गोकुल बास्कोटाले त कारबाही नै हुनेसम्मको चेतावनी दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त कांग्रेसले त्यसैबेला फ्याँक्ने निर्णय गरेको राजतन्त्र बोकेको आरोप पनि लगाए ।

हालैमात्र पूर्वराजाले नेपालभर गरेका भ्रमणमा मान्छेहरूको भीडले भन्छ– राजाप्रति सहानूभुती छ !