३१ आश्विन २०८३, शनिबार

आतंकवादी समूह आइएसले लियो श्रीलंका विस्फोटको जिम्मा

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १० बैशाख । तीन सय भन्दा बढीको ज्यान जानेगरी श्रीलंकामा भएको शृङ्खलाबद्ध बिस्फोटनको जिम्मा आतंकवादी समूह स्लामिक स्टेट(आइएस)ले लिएको छ।

आइतबार देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटेलमा बिस्फोट हुँदा ३ सय १० जनाको मृत्यु भएको थियो भने ५ सयभन्दा बढी व्यक्ति घाइते भएका थिए।

मारिनेमा ३६ जना विदेशी नागरिक भएको बताइएको छ। शृङ्खलाबद्ध विस्फोटनपछि मंगलबार शोक मनाइँदैछ। थप आक्रमण हुन नदिन तथा शंकास्पद व्यक्तिहरूमाथि छानबिन सुरु गर्न संकटकाल घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।