१९ कार्तिक २०८३, बिहिबार

अवैध लागूऔषध गाँजा र प्रतिबन्धित जरायोको सिङ सहित पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १० वैशाख । पर्साको पटेर्वा सुगौली गाउँपालिका-१ का ३९ वर्षीय उमेश सहनीलाई अवैध लागूऔषध गाँजा करिव ७० किलो र प्रतिबन्धित जरायोको सिङ १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सहनीको घरमा तलासी गर्दा  गाँजा र जरायोको सिङ सहित फेला पारी सोमबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै,  वीरगंज महानगरपालिका-१२ मुरलीबाट करिब १० किलो चरेश सोमबार साँझ प्रहरीले बरामद गरेको छ । सोही ठाउँस्थित पोखरीमा नुहाउन गएका बालबालिकाहरुले गाडिएको अवस्थामा लागूऔषध फेला पारी प्रहरीलाई खबर गरे पश्‍चात प्रहरीले बरामद गरेको हो ।