
काठमाडौँ, १० बैशाख । सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी चयन भएर पुगेकी छिन् ।
गोमादेवी चेम्जोङ सिन्धुपाल्चोकमा ४७ सीडीयो साथै पहिलो महिला सीडीयोको रुपमा सिन्धुपाल्चोक पुगेकी हुन् ।
जिल्लामा ०२२ देखि प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था सरकारले गरेको थियो । तर, सिन्धुपाल्चोकले ०२२ देखि ४६ औं पटकसम्म पुरुष सीडीओ पाए पनि महिला पाउन सकेको थिएन ।
चेम्जोङ सह–सचिव हुन् । तर गृहले उनलाई कामु प्रजिअको जिम्मेवारी तोकेको छ ।












प्रतिक्रिया