१९ कार्तिक २०८३, बिहिबार

मानवअधिकारकर्मी प्राध्यापक थापा ह्युमन राइट्स हिरोबाट सम्मानित

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १० बैशाख । मानवअधिकारको क्षेत्रमा लामो समयदेखि सकृय रहँदै आएका युवा प्राध्यपक बैकुण्ठ थापा ह्युमन राइट्स हिरो २०१९ बाट सम्मानित भएको छ ।

राजधानीमा सम्पन्न सातौँ दक्षिण एसिया क्षेत्रीय मानवअधिकार शिखर सम्मेलनका अवसरमा नेपालमा रहेर मानवअधिकारका क्षेत्रमा उत्कृष्ट कार्य गरेकोे भन्दै थापालाई हिरो अवार्डले सम्मान गरिएको हो । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, इन्डोनेशिया, ताइवान, अमेरिका लगायतका देशबाट आएका युवा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सम्मान ग्रहण गरेपछि थापाले खुशी व्यक्त गर्दै सम्मानले आफूलाई यस क्षेत्रमा थप सकृय भएर लाग्न हौसला मिलेको बताए ।

गुल्मीमा जन्मेर काठमाडाैँ लामो समयदेखि प्राध्यापन पेशमा सकृय थापाले विगत केहि बर्षदेखी नेपाल लगयात संसारका बिभिन्न देशमा हुने मानवअधिकारका कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने, युवा तथा बिद्यार्थीको पक्षमा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्ने जस्ता कार्यमा सकृयता जनाउदै आएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले सम्मानित सबैलाई बधाई दिदैं थप सकृयताका लागि शुभकामना दिए । पाठकले मानवअधिकारको क्षेत्रमा युवाहरुको थप सकृयता रहेको आवश्यकता औल्याए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले युवाहरुलाई अझ मानवअधिकारको बारेमा शसक्तिकरण गर्नु पर्नेमा जोड दिए ।

सम्मेलनमा युवाहरुले मानवअधिकारका विविध समस्या र युवाअधिकारको बारेमा बिशेष छलफल र कार्यपत्रहरु प्रस्तुत गरेका थिए । यो सम्मेलनको आयोजना युथ फर हयुमन राइट्स इन्टरनेसनल र युथ फर हयुमन राइट्स नेपालले गरको हो ।

उद्घानटन सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, युथ फर हयुमन राइट्स इन्टरनेसनलका सभापति डाक्टर मेरी, कादम्बरी मेमोरियल कलेजका कलेज प्रमुख प्रदिप्ता कादम्बरी, युथ फर हयुमन राइट्स नेपालका राहुल केसी र रिसी गौतम लगायतका अथितिहरुको उपस्थिति रहेको थियो ।

अमेरिकामा स्थापना भएको यो युथ फर हयुमन राइट्स इन्टरनेसनलले संसारभर नै मानवअधिकारको विश्वव्यापी घोषणा पत्र र मानवअधिकार सम्बन्धी शिक्षालाई अभियानको रुपमा फैलाउदै आएको छ ।