१९ कार्तिक २०८३, बिहिबार

सगरमाथा चढ्ने आरोहीहरूको अहिलेसम्म कै धेरै घुइँचाे

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । यो वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि नेपाल सरकारबाट अनुमति लिने आरोहीहरूको सङ्ख्या अहिलेसम्मकै बढी भएको पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार यो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नका लागि ३७५ जना आरोहीहरूले अनुमति लिइसकेका छन्।
यो सङ्ख्या अझै बढ्न सक्छ।

सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरूको सङ्ख्या बर्सेनि बढ्दै गइरहेको अधिकारीहरूले बताएका छन्। पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार सगरमाथामा यसअघि सन् २०१७ मा आरोहीहरूको धेरै भिड लागेको थियो।

त्यतिबेला ३७२ जनाले आरोहण अनुमति लिएका थिए। यसपटक सोमवारसम्म आरोहण अनुमति लिनेको सङ्ख्या ३७५ पुगिसकेको छ। उनीहरू पाँच नेपालीसहित ३८ टोलीमा आबद्ध छन्।