
काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सोमबार ७७ वटै जिल्लाका पार्टी नेतृत्वको घोषणा गर्दैछ । आइतबार बसेको सचिवालय बैठकले गरेको निर्णय अनुसार आज जिल्ला एकताको घोषणा गर्न लागिएको हो । यसका लागि केहीबेरमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भव्य कार्यक्रम हुँदैछ ।
नेकपाले ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । एमालेतर्फबाट अध्यक्ष भएको जिल्लामा माओवादीबाट सचिव र माओवादीबाट अध्यक्ष भएको जिल्लामा एमालेबाट सचिव बनाइने भएको छ ।
यसका लागि सविकका जिल्ला अध्यक्ष/संयोजकहरुलाई नेतृत्व दिइने छ । तर, नेताहरुले सचिवको ठाउँमा सहअध्यक्ष बनाउने गरि समेत छलफल चलाएका छन् । खासगरी पूर्वएमालेबाट नेताहरुको घटुवाप्रति असन्तुष्टि आएपछि यस विषयमा शीर्ष तहमा छलफल चलेको हो ।
यता, स्रोतले माओवादीतर्फबाट नेतृत्व गर्ने गरी टुंग्याएको जिल्लाको सूचि उपलब्ध गराएको छ । जस अनुसार प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीको भागमा परेको छ । यसैगरी, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ ।
यी हुन् माओवादीले पाएका ३३ जिल्ला अध्यक्षहरु
प्रदेश १
ताप्लेजुङ : खेलप्रसाद बुढाथोकी
सुनसरी : रामकुमारी चौधरी
उदयपुर : विनोद कटुवाल दिनेश
खोटाङ : देवान चाम्लिङ
ओखलढुंगा : मोहन कुमार खड्का
प्रदेश २
बारा : गोपाल ठाकुर
सर्लाही : डाचाराज वाग्ले
धनुषा : जोखकुमार बर्बरीया
सिराहा : रामकुमार यादव
प्रदेश ३ :
चितवन : यमवहादुर परियार
सिन्धुली : राजन दाहाल
नुवाकोट : हिरानाथ खतिवडा
काभ्रे : रुकु चौलागाई
रामेछाप : मैनकुमार मोक्तान (मदन)
गण्डकी प्रदेश
गोरखा : जगन्नाथ खनाल
लमजुङ : मधुमाया अधिकारी
म्याग्दी : गोविन्द पौडेल
स्याङजा : पारस गैरे
प्रदेश ५
बाँके : आइपी खरेल
बर्दिया : भवनकुमार थारु
रोल्पा : सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुम : मेघबहादुर श्रेष्ठ
नवलपरासी : राजुप्रसाद हरिजन
कर्णाली प्रदेश
रुकुम पश्चिम : गोपाल शर्मा (अनल)
जाजरकोट : ढकविर राना
जुम्ला : सुरेश पहाडी
हुम्ला : विजय भण्डारी
कालिकोट : दुर्गबहादुर रावत
मुगु : सुखवीर बुढा
सुदुरपश्चिम प्रदेश
दार्चुला : गणेश खत्री
डडेलधुरा : मानसिंह माल
कञ्चनपुर : वीरबहादुर थापा
वझाङ : कलकबहादुर खड्का















प्रतिक्रिया