१९ कार्तिक २०८३, बिहिबार

युएईमा १०३ नेपालीको मृत्यु !

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । २०७५को तथ्यांकलाई केलाउदा अघिल्लो वर्षको तुलनामा ०७५ मा युएईमा मृत्यु हुने नेपालीको संख्या भयावह देखिएको छ ।

यसअघि ०७४ मा युएईमा ८४ जनाको मृत्यु भएको थियो भने ०७५ मा १०३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला र ९५ पुरुष देखिएका छन् । यो ०७५ साल वैशाख १ देखि चैत २९ गतेसम्मको विवरण हो ।

यसरी युएईमा मृत्यु हुने कारणहरुमा विभिन्न कारण देखिएका छन् । जसमा सबै भन्दा धेरै प्राकृतिक र आत्महत्याका कारण धेरैको मृत्यु भएको देखिएको छ । २ महिला र ५० जना पुरुषको प्राकृतिक कारणले मृत्यु भएको छ ।

त्यस्तै २ महिला र २९ जना पुरुषले आत्महत्या गरेका छन् । प्राकृतिक कारणमा रक्सी खाएर, हृदयघात, लगायतले मृत्यु हुने गरेको छ । यस्तै दुर्घटनामा १८ जनाको मृत्यु भएको र २ जनाको हत्या भएको छ ।

विदेशमा मादक पदार्थको सेवन गरेर हुने झगडा, अस्वस्थ्य खानपान तथा सडक प्रयोगको अज्ञानतालगायतले पनि धेरैकाे मृत्यु भएको छ ।