
काठमाडौं, ८ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल महाधिवेशनको विषयमा छलफल गर्न पदाधिकारी समितिको बैठक बसिरहेको छ ।
पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा पार्टीको अगामी एकताको महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ । पार्टीको महाधिवेशन तथा विभिन्न दलसँग हुने एकीकरणको विषयमा पनि छलफल हुने बताइएको छ ।
वैशाख ७, ८ र ९ गते हुने भनिएको पार्टीको महाधिवेशन स्थगित भएको छ । स्थगित भएको महाधिवेशन कहिले हुने विषयमा छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाएको छ ।
राजपा नेपालमा १३१ जना पदाधिकारी रहेका छन् ।












प्रतिक्रिया