
काठमाडौं, ८ बैशाख । संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गते बस्ने भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि बजेट अधिवेशन अर्थात संसदको वर्षे अधिवेशन आह्वान गरेकी हुन् । सरकारको नीति तथा कार्यक्रम र बजेट अधिवेशनबाट प्रस्तुत हुन्छ ।
संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने गरिएको छ।
यसवर्ष वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।












प्रतिक्रिया