
काठमाडौँ, ७ बैशाख । जेट एअरवेजले उडान अनिश्चित समयसम्मका लागि स्थगित गरेपछि नेपालबाट भारत जाने हवाई भाडा हवात्तै बढेको छ ।
जेट एअरवेज सञ्चालनमा रहँदासम्म १८-१९ हजार नेपाली रूपैँयामा पाइने काठमाण्डू-दिल्लीको दुईतर्फी टिकटको मूल्य अहिले ६५ हजारको हाराहारीमा पुगेको व्यावसायीहरूले बताएका छन् ।
ठुलो ऋणको भार बोकेको जेट एअरवेजले हवाई इन्धन तथा अन्य संवेदनशील सेवाको खर्च उठाउन नसकेपछि उडान रोकेको थियो। एक सय २३ वटा विमान रहेको जेट एयरवेज भारतमा निजी क्षेत्रले सञ्चालन गरेको सबैभन्दा ठूलो विमान कम्पनी हो।
जेट उडान बन्द भएपछि भाडा महंगो र साथै टिकट नै नपाउने समस्या भएको यात्रुहरुको गुनासो रहेको छ । यसअघि जेट एअरले नेपालबाट हप्ताको ३५ वटा उडान गर्दै आएको थियो।
भारतको राजधानी नयाँ दिल्लीसम्म दिनको चारवटा उडान सञ्चालन गर्ने जेटले हरेक दिन काठमाण्डू-मुम्बाई तर्फ पनि उडान गर्थ्यो।












प्रतिक्रिया