१९ कार्तिक २०८३, बिहिबार

रुपन्देहीमा गाडीमा आगजनी

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ७ वैशाख । रूपन्देहीको सैनामैना १० सालझण्डी सितलापुरमा रोकीराखेको विंगरमा आगलागी भएको छ ।

बुटवल–फर्साटिकर रुटमा चल्ने लु १ ज २३०४ नम्बरको विंगरमा शुक्रबार राति आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

यही वैशाख ४ गते कपिलबस्तुबाट बुटवल तर्फ आउँदै गर्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना १० सितलापुर घुम्तीमा रहेको विंगरमा आगलागी भएको र त्यसबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

बुटवलबाट कपिलवस्तु रिजर्भमा गएर बुटवल फर्किदै गर्दा बाटोमै गाडी बिग्रिए पछि त्यही छोडेर गएको चालक यम बहादुर थापाले बताएका छन् ।