सोमबार, ६ जेठ २०७६
DainikNepal.com
सोमबार, ६ जेठ २०७६

कानुनी रुपमै खुल्लामञ्चमा सटर भाडामा लिएको व्यवसायीहरुको दाबी

दैनिक नेपाल २०७६ वैशाख ६ गते १९:०६


काठमाडौं, ६ बैशाख । काठमाडौंको खुल्लामञ्चको बसपार्कमा आफूहरुले कानुनी तवरले नै सटर भाडामा लिएको व्यवसायीहरुले दाबी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो दाबी गरेका हुन् ।

केही दिनअघिमात्रै खुल्लामञ्चमा गैरकाननी तवरले सटर निर्माण भैरहेको भनेर आएको समाचारको खण्डन गर्दै व्यवसायीहरुले आफूहरुले काठमाडौं भ्यु–टावर निर्माणाधिन कम्पनी जलेश्वर स्वछन्द विकोई विल्डर्स कम्पनीसँगको सहमतिमा सटर बनाएको स्पष्ट पारेका छन् ।

खुल्लामञ्चमा सटर बनाएकामध्येका एक व्यवसायी रविन्द्र बिकले आफूहरु विगत तीन वर्षदेखि नै उक्त ठाउँमा फुटपाथमा व्यवसाय गर्दैै आएको सुनाउँदै भने, ‘अहिले काठमाडौं भ्युटावर बनाउने क्रममा ठेकेदारले सटर बनाएको थाहा पाएपछि हामी फुटपाथबाट त्यहाँ सरेका छौं । हामीले कानूनी तवरले नै ठेक्का पाएको कम्पनीसँग सम्झौता गरेका छौं ।’

त्यस्तै, खुल्लामञ्चमै सटर बनाएका अर्का व्यवसायी झलक बिकले आफूहरु पहिलेदेखि नै खुल्लामञ्चकै सडकमा व्यापार÷व्यवसाय गर्दै आएको सुनाए । केही व्यवसायीहरुले आफूले हिजो सित्तैमा पाउँछु भन्ने आशाले समर्थन गरेको तर सित्तैमा नपाएपछि विरोध गर्न थालेको पनि उनले आरोप लगाए ।

अर्का व्यवसायी माधव चौलागाईले आफूहरु फुटपाथमा व्यापार÷व्यवसाय गर्ने व्यक्ति भएकोले अहिले ठेकेदारले व्यवस्थित् गरेको सुनाए । उनले भने, ‘हामी खुशीका साथ व्यवसाय गरिरहेका छौं । हामी फेरि फुटपाथमा जान चाहन्नौं ।’ राज्यले आफूहरुलाई करको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित