सोमबार, ६ जेठ २०७६
DainikNepal.com
सोमबार, ६ जेठ २०७६

फेवा तालमा अलपत्र तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्वार

दैनिक नेपाल २०७६ वैशाख ६ गते १८:२३

कास्की, ६ बैशाख । कास्कीको पोखरा महानगरापालिका ६ लेकसाईडस्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण डुंगामा पानी पसेर अलपत्र परेका तीन जनालाई सशस्त्र प्रहरीले उद्वार गरेको छ ।

घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ
टोलीले उनीहरुको उद्वार गरेको हो ।

एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज वस्ने ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षिय पुन्दन चौरसीय र १२ वर्षिय भाष चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित