मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

फर्निचर पसलमा युवकको शव भेटियो

दैनिक नेपाल २०७६ वैशाख ६ गते १०:००

भक्तपुर, ६ वैशाख । मध्यपुरथिमि नगरपालिका–१ मनहरा नरेफाँट कखरा स्कुल नजिकै हरिप्रसाद चौलागाइँको काठ फर्निचरमा एक युवकको शव भेटिएको छ ।

फर्निचरको सुत्ने टहराको कोठामा मकवानपुर राईगाउँ–३ घर भई हाल सोही फर्निचरमा काम गर्ने १९ वर्षीय वीरबहादुर तामाङको झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित