मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

राप्रपाले धर्मनिरपेक्षताविरुद्ध प्रदर्शन गर्दै

माला जपेर हिन्दुराष्ट्र आउँदैन : कमल थापा

दैनिक नेपाल २०७६ वैशाख ६ गते ९:४६

काठमाडाैँ, ६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्मनिरपेक्षताविरुद्ध आज काठमाडाैँमा प्रदर्शन गर्ने भएको छ । दिउँसो २ बजे रत्नपार्कमा धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रदर्शन गर्न लागेको सहप्रवक्ता माेहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले विरोध प्रदर्शनमा उपस्थित हुन आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई उर्दी जारी गरेको छ । राप्रपाका अध्यक्ष कमल थापाले विदेशीको दबाव र प्रभावमा धर्मनिरपेक्षताको व्यवस्था गरिएकाले त्यसको खारेजीका लागि दबाव दिन  प्रदर्शन गर्न लागेको बताएका छन् ।

उनले एक ट्वीट गर्दै घरमा जपेर हिन्दु राष्ट्र नआउने भएकाले सडकमा ओर्लन सबैलाई अपिल गरेका छन् । ‘घर बसेर, माला जपेर हिन्दुराष्ट्र आउँदैन’, थापाले ट्वीटरमा लेखेका छन्, ‘सडकमा उत्रिए हिन्दुराष्ट्र बनाउन धेरै दिन लाग्दैन ।’

प्रतिक्रिया
सम्बन्धित