१९ कार्तिक २०८३, बिहिबार

इन्सेक र रेसको पहलमा पीडित महिला अदालतमा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सल्यान, ५ बैशाख । पतिले खान लाउन नदिएर माइतीमा बस्न बाध्य भएकी सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका –२ निवासी २८ वर्षीया सुनिता नेपालीले मानव अधिकारको क्षेत्रमा क्रियाशील इन्सेक र रेस नेपालको पहलमा जिल्ला अदालत सल्यानमा बिहीबार मुद्दा दायर गरेकी छन् ।

पति ३५ वर्षीय कमल बहादुर नेपाली हाल ललतिपुर स्थित लेले भैरव गणमा नेपाली सेनामा कार्यरतले दोस्रो विवाह गरेको थाहा पाएपछि आफूले विभिन्न स्थानमा न्यायका लागि जाँदा समेत सुनवाइ नभएपछि हाल पीडितले इन्सेक र रेस नेपालको पहलमा जिल्ला अदालत सल्यानमा पालन पोषण र मानाचामल भराइ पाउँ भनि मुद्दा दायर गरेकी छन् ।

‘पतिले बिना कारण कुटपिट गर्ने गरेको र पालन पोषण खर्च दिन छाडेपछि मैलै उहाँ कार्यरत गणमा गएरपनि त्यहाँको हाकिम साबसँग कुरा गरेँ’ उनले भनिन्, ‘उहाँहरुले हामी मासिक पैसा पठाउने व्यवस्था मिलाउछौं भन्नुभयो । तर, न त पैसा आयो न त मैलै उहाँको माया नै पाएँ, उल्टै बिहे गरेको थाहा पाएँ ।’

न्यायका लागि भौतारिंदा भौतारिदै हरेश खाइ सकेकी नेपालीले बनगाड कुपिण्डे नगरपालिकाको न्यायिक समितिमा समेत माना चामल र छोरीको पालन पोषणको व्यवस्था गरि पाउँ भनि ०७५ चैत २० गते जाहेरी दिएको बताइन् ।

न्यायिक समितिले गराएको छलफलमा पतिले उल्टै मेरो तँसँग कुनै सम्बन्ध छैन जे गर्न सक्छेस् गर भनेर धम्की दिएपछि अदालतसम्म आउनु परेको बताइन् । नगरपालिकाको सिफारिस लिएर जिल्ला अदालतमा पुग्दा समेत प्रकृया न पुगेको भन्दै फिर्ता भएपछि इन्सेकको पहलमा मुद्दा दर्ता गरिएको इन्सेक प्रतिनिधि मिना बुढाथोकीले जानकारी दिइन् ।

पीडित विगत तीन दिनदेखी सल्यान सदरमुकाम खलंगामा रेस नेपालले संचालन गरेको सुरक्षित आवास गृहमा आश्रय लिएर बसेकी छन् । उनी भोलि मात्रै माइतीघर जाजरकोट जाने रेस सल्यानका अध्यक्ष रामचन्द्र रेग्मीले जानकारी दिए । रेस नेपालले विभिन्न समयमा पीडित महिलाहरुलाई, आश्रय, काउन्सलिङ र न्यायका लागि पहल गर्ने गरेको छ ।