१९ कार्तिक २०८३, बिहिबार

विप्लवलाई अर्काे ठूलो धक्का,मध्यकमाण्ड सदस्य सहित जुम्ला इञ्चार्ज पक्राउ

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यकमाण्ड सदस्य वीरबहादुर कठायत पक्राउ परेका छन् ।

नख्खु विस्फोटमा संलग्न रहेको साथै बैदेशिक रोजगार महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम बिस्फोट कार्यमा संलग्न रहेको आरोप लगाउदै प्रहरीले कठायतलाई सोमबार सुन्धाराबाट पक्राउ गरेको हो ।

यस्तै, जुम्ला इञ्चार्ज चन्द्रवीर सिरुवालाई पनि पक्राउ परेका छन् । सिरुवाको साथबाट कटुवा पेस्तोलको दुई राउन्ड गोली, चन्दाको रसिद तथा पर्चाहरू फेला परेको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।