
काठमाडौं, ४ बैशाख । काठमाडौंको लाजिम्पाटबाट ५० किलो गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको विशेष टोलीले मंगलबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हा।
गोप्य सूचनाका आधारमा अवैध लागूपदार्थ गाँजासहित सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिनेछ ।












प्रतिक्रिया