
काठमाडौँ, ३ वैशाख । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नका लागि बाटो खुला गरिदिएको छ ।
यसअघि गृहमन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन गरेको परिपत्र कार्यान्वयन नगर्न भनेको सर्वोच्चले मंगलबार आफ्नै आदेशलाई कार्यन्वयन गर्न नपर्ने भन्दै गृहको बाटो खुला गरेको हो ।
मंगलबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले पहिलेको आदेश कार्यान्वयन गर्नुनपर्ने आदेश सुनाएको छ । गृहको परिपत्रविरुद्ध परेको रिटमा मंगलबार दुवै पक्षका बीच सर्वोच्चमा छलफलपछि यस्तो आदेश दिएको हो ।
यस अघि ७७ वटै जिल्लामा गृहले परिपत्र गरेपछि अधिवक्ता बालकृष्ण न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।















प्रतिक्रिया