बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

उदयपुरमा जिप दुर्घटन, एक जनाको मृत्यु, ११ जना घाइते

दैनिक नेपाल २०७६ वैशाख ३ गते ९:३२

उदयपुर, ३ वैशाख । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका –१ मा जीप दुर्घटना हुँदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

सोमबार राति कटारीबाट उदयपुरगढी गाउँपालिकाको मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय केशीमाया परियारको ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक प्रेमसागर केसीले बताए ।

जीपमा सवार १२ जनामध्ये २ जनालाई उपचारका लागि काठमाडौं र एकजनालाई विराटजगर लगिएको छ । अन्य घाइतेको कटारी स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित