सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

हुरीपीडित परिवारलाई भाँडाकुँडा वितरण

दैनिक नेपाल २०७६ वैशाख २ गते १६:०१

काठमाडौं, २ वैशाख । प्राकृति विपत्तिमा विश्वभर सहयोग पुराउँदै आएको क्यानडाको गैर सरकारी संस्था ग्लोबल मेडिकले बारा र पर्साका हुरी पीडितका लागि भान्साका अत्यावश्यक भाँडाकुँडा वितरण गरेको छ ।

हुरीप्रभावित विभिन्न गाउँमा तीन सय सेट साम्रगी वितरण गरिएको सहजीकरण गरेका नगेन्द्र श्रेष्ठले बताए । हुरीबाट सबैभन्दा बढी प्रभावित भएको फेटा गाउँपालिका–१ भलुवाईका विभिन्न परिवारलाई २३० सेट भान्साको सामान वितरण गरिएको थियो ।

क्यानडाबाट अहाएका ग्लोबलमेडिकका प्रतिनिधि कोलेन जोनसोन, केन्नी लाइम्सलगायतले स्थानीयलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । यस्तै हुरी प्रभावित क्षेत्र कलैया उपमहानगरपालिका–१३ चोक्टी फुलवारियामा २५ सेट, पकरौता नगरपालिका–७ बेनौलीमा रहेका पीडितका लागि २५ सेट र विभिन्न ठाउँमा रहेका अन्य परवारलाई २० सेट भान्सामा प्रयोग गरिने भाँडाकुँडालगायतका अन्य सामग्री वितरण गरिएको हो ।

उक्त क्षेत्रमा साम्रगी वितरणका लागि पूर्व उर्जा राज्यमन्त्री सत्यनारायण भागवतले पनि सहयोग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित