सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

पुलमुनि आठ वर्षीया बालिकालाई…

दैनिक नेपाल २०७६ वैशाख २ गते १४:०१

रुपन्देही, २ वैशाख । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाको वडा नम्बर ७ शौभाग्यनगर बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

सोही ठाउँ बस्ने २० वर्षीय दीपेन मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई ललाई फकाई सोही उपमहानगरपालिका ५ स्थित तिनाउ पुलमुनि लगेर मगरले जबरजस्ती करणी गरेका थिए ।

बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुना साथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित