बुधबार, ११ असार २०७६
DainikNepal.com
बुधबार, ११ असार २०७६

सात वर्षसम्म सडक नबनेपछि आन्दोलन घोषणा

दैनिक नेपाल २०७६ वैशाख २ गते ८:३१

भक्तपुर, २ वैशाख । दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक ७ वर्षमा पनि नबनेपछि स्थानीयले २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको ४० किमी सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ्ग कन्ष्ट्रक्सनले ७ वर्षमा पनि निर्माण अलपत्र बनाएपछि स्थानीय आन्दोलित बनेका हुन् ।

गत शनिबार सडकखण्ड अन्र्तगतका नगरकोट, मण्डनदेउपुर, छालिङ्ग, बागेश्वरी, सुडालका स्थानीयहरूको भेलाले स्थानीय राजकुमार लामिछानेको संयोजकत्वमा सविता खत्री सहसंयोजक समिति बनाएर आन्दोलन घोषणा गरिएको हो ।

अबको ५ महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने, सडकका बीचमा छोडिएका बिजुलीका पोलहरू हटाउनुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नाली तथा जोखिमयुक्त स्थानका सडक आसपासमा रिर्टेनिङ्ग वाल लगाउनुपर्ने, निर्माण कार्य गुणस्तरीय हुनुपर्नेलगायतका माग समितिले राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित